दफा ३०५
गाली गर्न नहुने

(१) कसैले कसैलाई गाली गर्न हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजलेगाली गरेको मानिनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।